स्थानीय तह
सुन्दरहरैंचाका प्रमुख प्रशासकीय अधिकृत कोरोनामुक्त, सम्पर्कमा रहेका सबैको रिपोर्ट पनि नेगेटिभ
![](https://nispakshyakhabar.com/wp-content/uploads/2020/08/corona-Pir.jpg)
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी कोरोना संक्रमणमुक्त भएका छन् । भदौ २ गते रेग्मी दम्पत्तिमा संक्रमण पुष्टि भएको थियो । आफूहरु दुवै जना कोरोनामुक्त भएको जानकारी आज दिउँसो सामाजिक सञ्जालमार्फत् रेग्मीले जनाएका छन् ।
‘कोरोना संक्रमणबाट हामी दुवै जना मुक्त’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अब समाजलाई मुक्त बनाउने दायित्व निर्वाहमा पुनः क्रियाशील रहनेछौँ । हामीलाई हौसला, आत्मबल र शुभकामना दिने सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ ।’
नगरका कर्मचारीको रिपोर्ट नेगेटिभ आएपछि सबैलाई काममा बोलाइयो
प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई संक्रमण भएपछि नगरपालिकामा कार्यरत सबै कर्मचारीको स्वाबको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले आफ्नो फेसबुक पेजमार्फत् सबै कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको जनाएको हो ।
यसैबीच, आज नगरपालिकाले एक सूचना जारी गर्दै भदौ १४ गते आइतबारदेखि काममा फर्कन सबै कर्मचारीलाई अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीको हस्ताक्षरमा जारी सूचनामा आइतबारदेखि नगरको काम नियमित रुपमा अघि बढ्ने बताइएको छ ।
Facebook Comment
Banner
युरोकप फुटबलमा स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरी
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/spain_final_iTXLxlOHIA.jpg)
युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र भएको छ ।
यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग अङ्क बाँडेको छ । फ्रांकफर्ट एरिनामा गएराति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो खेलमा सर्बियालाई १–० ले हराएको इङ्ल्यान्डले डेनमार्कसँग भने बराबरी खेलेको हो ।
योसँगै इङ्ल्यान्डको २ खेलमा ४ अङ्क भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अङ्क नै छ भने सर्बियाको १ अङ्क छ । यसअघि हिजै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका थिए ।
Banner
आइसिसी टी–२० विश्वकप, भारतको सानदार जित
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/india2024-06-21-06-57-12.jpeg)
आइसिसी टी–२० विश्वकप, भारतको सानदार जित
पूर्वविजेता भारतले आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर एटको समूह १ मा अफगानिस्तानमाथि ४७ रनको सानदार जित निकालेको छ । ब्रिजटाउनमा बिहीबार राति पहिलो ब्याटिङ गरेको भारतले आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।
प्रत्युत्तरमा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनायो । भारतको जितमा जसप्रीत बुमराहले चार ओभरमा एक मेडन राखी ७ रन खर्चेर तीन विकेट लिए ।
अश्रदीप सिंहले चार ओभरमा तीन विकेट लिन ३६ रन खर्चेका थिए । अफगानिस्तानको इनिङ्समा अजमतुल्लाह अमाजीले २० बलमा २६ रनको योगदान दिएका थिए । भारतले १९ अतिरिक्त रन दिएको थियो ।
यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि मध्यक्रमका खेलाडीले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान रोहित शर्मालाई ८ रनमा गुमाएको भारत त्यसपछिका ब्याट्सम्यानबीच राम्रो साझेदारीका कारण सम्हालिएको थियो । विराट कोहली र ऋषभ पन्तबीच दोस्रो विकेटका लागि २५ बलमा ४३ रनको साझदोरी भएको थियो । दुवैले भारतलाई ११–१ बाट ५४–२ को स्थितिमा राखे । कोहलीले २४ बलमा २४ रन बनाए ।
त्यसपछि सूर्यकुमार यादव र शिवम दुबेबीच चौथो विकेटका लागि १४ बलमा २८ रनको साझेदारी भयो । सूर्यकुमार र हार्दिक पाण्ड्याबीच पाँचौँ विकेटका लागि ३७ बलमा ६० रनको साझेदारी भएको थियो । यी आक्रामक साझेदारीका कारण नै भारतले अफगानिस्तानलाई बलियो लक्ष्य दिएको हो । सूर्यकुमारले २८ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ५३ रन बनाए । पाण्ड्याले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन जोडे ।
यसैगरी, समूह २ मा वेस्ट इन्डिजमाथि साबिक विजेता इंग्ल्यान्डले आठ विकेटको जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर १८० रन बनायो । इंग्ल्यान्डले १७.३ ओभरमा दुई विकेटको नोक्सानीमा १८१ रन जोड्यो । इंग्ल्यान्डको सानदार जितमा फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरी सर्वाधिक ८७ रन बनाए । जोनी वेरिस्टोले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ४८ रन जोडे ।
Banner
इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/spain.png-2_OV4krmmIbu_okqtdt51ysoqm5r3duuvbuxamqo5eqwcwybtcwkia5huff9g4y407rhjeyub_WD86qik9pG_9h2a5f6sslytkqgs7utddwqhi87awtjo0ganqf5ijxlaffijbb6o56dvxjsg.png)
स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए ।
यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ । अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login